सहकारी सम्बन्धि आधारभूत शिक्षा तथा अभिमुखीकरण तालिम

 




कानुङ बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-४,आदर्श नगरले सहकारी सम्बन्धि आधारभूत शिक्षा तथा अभिमुखीकरण तालिम बुटवलमा शनिवार सम्पन्न गरेकाे छ ।  

तालिम समापन समाराेहमा बाेल्दै संस्थाका अध्यक्ष टाेपबहादुर थापाले आफ्नाे सहकारी, सहकारी ऐन,नियम परिधिभित्र रहेर सञ्चालन भएकाे,सहकारीमा रहेका सदस्यहरुलाई क्षमता अभिवृद्धि गर्न समयानुसार तालिम सञ्चालन गरिएकाे र लगानीका क्षेत्रलाई विस्तार गर्दै आएकाे समेत बताए । 


तालिममा कानुङ सहकारीकाे परिचय,यसका गतिविधिहरु र सहकारीका सिद्धान्तका बारेमा सामाजिक उद्यमी दलबहादुर गुरुङले सहजीकरण गरेका थिए । 

कार्यक्रममा सल्लाहकार डिलबहादुर थापा,सहभागीहरुका तर्फबाट डालीमाया थापा,राेशन बुढा,सुमित्रा राना लगायतले सहकारीकाे उन्नति र प्रगतिका लागि सहकारी शिक्षा अपरिहार्य रहेकाे बताए ।  




उक्त सहकारीले शेयर सदस्यहरुलाई दुर्घटना बीमा,सदस्यकाे मृत्यु भएमा शाेक अनुदान,सुत्केरी महिलालाई पाैष्टिक खानाकाे प्रवन्ध र आकस्मिक बिरामी हुनेलाई ५० हजारसम्म तीन महिनाका लागि निर्व्याजी कर्जा दिदै आएकाे छ । 


कार्यक्रमकाे अध्यक्षता शिक्षा उपसमितिका संयाेजक ठमी थापाले र सञ्चालन गुमा सिंजालीले गरेकी थिईन् ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न