उद्यम तथा व्यवसाय छनौट एवम् प्रवद्र्धन सम्बन्धी सचेतना
नेपाल बलाल मगर परिवार,केन्द्रीय समितिको आयोजनामा उद्यम तथा व्यवसाय छनौट एवम् प्रवद्र्धन सम्बन्धी सचेतना कार्यक्रम आइतवार बुटवलमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा सामाजिक उद्यमी दलबहादुर गुरुङले उद्यम तथा व्यवसाय परिचय,यसका छनौटका आधारहरु,स्थानीय तहमा गर्न सकिने उद्यम,व्यवसायका प्रारुपहरु,उद्यम,व्यवसाय गर्दै आएकाहरुका लागि आवश्यक आर्थिक,प्राविधिक एवम् नैतिक सहयोग र प्रवद्र्धनका निम्ति आवश्यक तत्वहरुका सन्दर्भमा सहजीकरण गरेका थिए ।
सोही कार्यक्रममा कृषि उद्यमी शितल थापाक्षेत्रीले तरकारीको नर्सरी र मौरीपालन सम्बन्धी आफ्ना अनुभव र अनुभूतिहरु प्रस्तुत गरेकी थिइन् ।
सो कार्यक्रममा नेपाल बलाल मगर परिवारका सल्लाहकार डाक्टर गोविन्द बलाल मगरले नेपालको उद्यम तथा व्यवसायी नीति,सरकारका अनुदान नीति,राहत प्याकेज र उद्यम तथा व्यवसायमा लाग्न इच्छुकहरुलाई स्थानीय ,प्रदेश तथा केन्द्रीय सरकारले दिन सक्ने सहयोगका सन्दर्भमा आफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रम नेपाल बलाल मगर परिवारका केन्द्रीय अध्यक्ष गीतारानी बलाल मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Comments
Post a Comment