नयाँ शेयर सदस्यहरुका लागि आधारभूत सहकारी तालिम

 




नवजीवन बचत तथा ऋण सहकारी संस्था लि. तिलाेत्तमा वडा न ६ रुपन्देहीले आफ्ना नयाँ शेयर सदस्यहरुका लागि आधारभूत सहकारी तालिम साेमवार तिलाेत्तमा पार्कमा सम्पन्न भयाे ।



सहकारीकाे सिद्धान्त ,मूल्य,मान्यता,नवजीवन सहकारीकाे परिचय,यसका गतिविधिहरु र सदस्यहरुलाई दिएका सेवा सुविधाका बारेमा सामाजिक उद्यमी दलबहादुर गुरुङले सहजीकरण गरेका थिए । 


तालिमकाे उद्घाटन गर्दै सहकारीका अध्यक्ष नारायण पाठकले आफ्ना सदस्यका   क्षमता अभिवृद्धिका लागि सहकारीका बारेमा आधारभूत तालिम दिन थालिएकाे बताउँदै आफ्नाे सहकारी तिलाेत्तमा कै नमूना सहकारी बनाउने अभियानमा रहेकाे बताए । 


गाेबिन्द भुसाल, मित्रबन्धु पाठक,बिनाेद बस्याल ,तारा पाठक लगायतले तालिमबाट शेयर सदस्यहरुले लाभ लिन सकेकाे बताउँदै आफ्नाे सहकारीले उद्यमशीलतामा समेत जाेड दिनुपर्नेमा जाेड दिएका छन् ।




Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।