मेयरले काेरे चित्र

 


तिलाेत्तमा नगरपालिकाकाे वडा नं.१४ मा पर्ने बाउन्नकाेटी मन्दिर परिसरमा शुक्रबार दिउँसाे एक बजे पुग्दा २७ जना कलाकार साथीहरुले तिलाेत्तमा नपाभित्र १७ वडामा रहेका ऐतिहासिक,पुरातात्त्विक , धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय स्थलहरुका क्यानभासमा  सूक्ष्म तरिकाले सुन्दर चित्र काेरिरहेका थिए । 

नेपाल व्यवसायी कलाकार संघकाे २७ ओै स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिकाे स्मृति दिवसकाे अवसर पारेर नेपाल व्यवसायिक कलाकार  संघ,रुपन्देही र अरनिकाे स्मृति प्रतिष्ठान,नेपालकाे संयुक्त आयाेजना र तिलाेत्तमा नपाकाे व्यवस्थापनमा चित्रकला कार्यशाला -२०७८ पाैष १६ र १७ गते दुई दिनसम्म सञ्चालन हुने छ । 


नगरप्रमुख बासुदेव घिमिरेले क्यानभासमा  हात्तीकाे चित्र स्केच गरि कार्यशालाकाे शुभारम्भ गरेका थिए । 

तराईका भूमिपुत्र आदिबासी थारु जातिकाे स्केच गर्दै रङ भर्दै थिए नेपाल व्यवसायी कलाकार संघ,रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापाले ।  फेता गुथेका थारुले दाहिने कुमतिर जाल र देब्रे कम्मरमा फुन्द्रुङ भिरेकाे कलात्मक चित्रमा बेनुले आफ्नाे श्रम,सीप पाेखिरहेका थिए । थारु जातिकाे परम्परागत माछा मार्ने कलालाई जीवन्तरुपमा उनले कूची लगाई रहेका थिए चित्रमा । 


तिलाेत्तमा नपाका कार्यपालिका सदस्य एवम् चित्रकार एचबी रम्तेलले आफ्नाे पालिकाले वनबाटिका,कुञ्जपार्क र बाउन्नकाेटी गरि तीन स्थानमा  तीनपटक यस्तै खाले कार्यशाला गरेकाे बताउँदै कलाकारहरुका प्रतिभालाई उजागर गर्न,सीप क्षमतालाई मर्न नदिन र आयमुखी ब्यवसायका रुपमा कलालाई अघि बढाउन हरदम प्रयास गरेकाे बताउँदै आफ्नाे क्यानभासमा मन्दिरकाे चित्र काेर्दै थिए । उनकाे भागमा वडा नं १ मा रहेका मन्दिरहरुलाई क्यानभासमा उतार्नु नै थियाे । 


नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य यमबहादुर थापाले बाउन्नकाेटी मन्दिरमा झुन्डिरहेका घण्टीकाे चित्र बज्लाजस्तै गरि बनाएकाे देख्दा लुम्बिनी फाेटाेग्राफर संघ,रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिनेश अर्याल दङ्ग परेका थिए । 


ललितकला विषयमा एमएफए गरेकी सुमित्रा राना,सुत्पराईले थारु महिलाकाे कलात्मक चित्र काेरेकी छिन् । टाउकाेमा पित्तलकाे गाग्री र आफ्नाे समुदायकाे भेषभुसामा सजिएकी थरुनी त साँच्चिकै बाेल्लिनजस्ताे पाे देखिन्थिन् । 


प्रकृतिप्रेमी गंगादत्त ढकालले सारसकाे चित्र सुन्दर बनाएका छन् । 

अरनिकाे स्मृति प्रतिष्ठान,नेपालका अध्यक्ष मन गाेल्डीले बाैद्व स्तूपमा आफ्नाे पाैरख देखाई रहेका देखिन्थे । कलाकार बिनाकुमारी सापकाेटा र जिया थापाले हात्तीलाई साथी बनाईरहेका भेटिन्थे । शालिन कलाकार विवेकले पीपलकाे जरामा कूची कुदाई रहेकाे हेर्दा मनै हुरुक्म भएकाे थियाे । बिष्णु सुवेदीले वनबाटिकाकाे गेटलाई कलात्मक तरिकाले रङ् भरिरहेमा थिए । शारीरिक रुपमा अशक्त भएपनि गंगाधर आचार्यकाे चित्रकला सशक्त देखिन्थ्याे ।  आरके लिगलकाे गजुरसहितकाे मन्दिरले मन तानिरहेकाे थियाे । 


रुपन्देहीभित्रका कलाकारहरुकाे मिहिनेत,परिश्रम र ऐक्यबद्धता नै चित्रकला प्रदर्शनी हाेभन्दा अनाैठाे मान्नु पर्दैन । यस्ता खालका प्रदर्शनीले कलाकारकाे कला बिस्तार हुने र तिखारिने छ । तिलाेत्तमा नपाकाे सिर्जनात्मक कार्यलाई प्रशंसा गर्न किन कञ्जुसाई गर्ने त !

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।