कानुङमा टीम बिल्डिङ्ग

 




बुटवलमा रहेकाे कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नाे सञ्चालक समिति,लेखा समिति,शिक्षा,कर्जा तथा धिताे मूल्यांकन उपसमिति र सल्लाहकारहरुलाई मंगलवार  सहकारी सञ्चालन र व्यवस्थापनमा टीम बिल्डिङ्ग सम्बन्धि एक दिवसीय तालिम सम्पन्न गरेकाे छ । 

विगत,वर्तमान र भविष्यमा सहकारी,सहकारी सञ्चालन र व्यवस्थापनमा टीम बिल्डिङ्ग,सहकारी सफलताका मापन आधारहरु,सहकारीमा स्वनियमन,सहकारीका सबल,सुधारका पक्षहरु,अवसर र चुनाैती विषयहरुमा प्रमुख सहजकर्ताका रुपमा सामाजिक उद्यमी दलबहादुर गुरुङले प्रयाेगात्मक रुपमा सहजीकरण गरेका थिए ।




तालममा सहजकर्ताका रुपमा रहेकी महिला उद्यमी गीतारानी बलालले सहभागीहरुलाई सहकारी,महिला र सीपका बारेमा  अनुभवहरु प्रस्तुत गरेकी थिईन् । 


तालिममा सहकारीका तर्फबाट अध्यक्ष टाेपबहादुर थापा र सचिव बेनप्रसाद थापाले आआफ्ना विचार राखेका थिए । 


एक हजार तीन सदस्य रहेकाे उक्त सहकारीकाे वार्षिक काराेवार १८ कराेड रहेकाे र उत्पादनशील क्षेत्रमा र उद्यमशीलतामा महिलालाई अग्रसर गराई कर्जा प्रवाह गरिएकाे  संस्थाकी प्रमुख कुसुम पुन थापाले बताईन् ।


Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न