एग्राे फर्मद्वारा रिसोर्ट सञ्चालन

 


पाल्पा तिनाउ वडा नं. १ काे रामपाटामा शनिवार एक कार्यक्रमका बीच पानस वाईल्डलाईफ तथा एग्राे फर्मले सञ्चालन गरेकाे रिसोर्टकाे तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले उद्घाटन गर्दै ग्रामीण पर्यटन प्रवर्द्धनमा सहयाेग मिल्ने बताए । साथै उनले गाउँकाे उत्पादन गाउँमै बिक्री हुने र स्थानीयहरुले राेजगारकाे अवसर प्राप्त गर्न सक्ने बताए । 


साथै उक्त फर्मले स्थानीय क्षेत्रमै कालिजपालन ,त्यसकाे चल्ला तथा सिङ्गै कालिज बिक्रीवितरणकाे समेत प्रवन्ध गरेकाे सञ्चालक माेतीराज न्याैपानेले कताए । 

फार्मका अर्का सञ्चालक माेती गाैतमले यस क्षेत्रमा रिसोर्ट खाेलेर आन्तरिक पर्यटकलाई आकर्षण गरि आम्दानी बढाउने याेजना बनाएकाे सुनाउँदै अहिले ६ वटा काेठा र सभा हल बनाएर पर्यटकलाई सेवा दिन थालिएकाे बताए । 


साे कार्यक्रममा सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङ,युवा नेता प्रेम श्रेष्ठ,जनप्रतिनिधि अमर तरामू लगायतले उक्त रिसाेर्टकाे सफलताकाे कामना गरेका थिए ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न