कलाकारहरुद्वारा कला प्रस्तुत गर्दै
अन्तर्राष्ट्रिय जलरङ् दिवसकाे १०ओैं वार्षिकोत्सवको अवसरमा आईतवार लुम्बिनी प्रदेशका कलाकारहरुले बुटवलकाे मगर्स किचेनमा जलरङ् कार्यशाला सम्पन्न गरेका छन् ।
कार्यशालाकाे उद्घाटन नेपाल ब्यवसायी कलाकार संघका केन्दीय सहअध्यक्ष शान्तराम गिरिले बेलुन उडाएर गरेका थिए । उद्घाटन गर्दै गिरिले भने-कलाकारहरु स्वतन्त्र र स्वच्छन्द हुन्छन् ।
अन्तर्राष्ट्रिय जलरङ् समाज,नेपाल लुम्बिनी प्रदेशका संयाेजक सुमित्रा राना,सुत्पराईका अनुसार रुपन्देहीका १० जना कलाकारहरु सहभागी कार्यशालामा स्थानीय रुपमा रहेका धार्मिक, ऐतिहासिक, पुरातात्त्विक,सामाजिक एवम् पर्यटकीय गन्तव्यहरुका चित्र काेरिएका छन् ।
कलाकारहरुले आफ्नाे कूचीलाई विषम परिस्थितिमा सिर्जनात्मक तरिकाले उपयाेग गरि आफ्नाे बाँच्ने आधारहरुलाई समेत जीवन्त राख्ने नेपाल ब्यवसायी कलाकार संघ,रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापाले बताए ।
उक्त कार्यशालामा पाकापुराना कलाकार मन गाेल्डी,आरके लिगलसहित नयाँ पुस्ताकाका सुमित्रा राना,बेथा लगायतले सहभागिता जनाएका संघका सल्लाहकार एच बी रम्तेलले बताए ।
Comments
Post a Comment