नेपाल यातायात महिला चालक समूह द्वारा निशुल्क ड्राइभिङ तालीम संचालन

 


नेपाल यातायात महिला चालक समुहले  युवाहरुलाई रोजगार सृजना गर्ने उद्येश्यले  एक महिने  ड्राइभिङ तालिम सञ्चालन  गरेको छ । विहिबार कार्यक्रम  उद्घाटन गरि सहभागी प्रशिक्षार्थीहरुलाई ओरेन्टेशन क्लास  सम्पन्न गरिएको छ ।    


सस्थाले विगत लामो समय देखि विपन्न तथा आर्थिक स्रोत कमजोर भएका महिलाहरुलाई स्वरोजगार बनाउनको लागि विभिन्न किसिमका आयमुलक  तथा व्यक्तित्त्व  विकास सम्बन्धि तालिमहरु प्रदान गर्दे आएको छ । विभिन्न जिल्लाबाट काठमाण्डौँमा आई बसोबास गरेका महिलाहरुलाई निशुल्क रुपमा सञ्चालन गरिएको उक्त कार्यक्रम माघ १३ गते आईतबारबाट सञ्चालन भएको हो ।




एक महिना सम्म सन्चालन हुने ड्राइभिङ तालिम राष्ट्रिय युवा परिषद भक्तपुर र  नेपाल यातायात महिला चालक समुहको समन्वयमा संचालन भइरहेको  सस्थाकी अध्यक्ष मिना चन्द ठकुरीले जानकारी दिनुभयो ।


Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न