मन्दिर विकास समितिको वार्षिक साधारण सभा सम्पन्न

 


सिद्धबाबा मन्दिर विकास समिति ,तिनाउ ,पाल्पाकाे वार्षिक साधारण सभा एवम् खर्च सार्वजनिकीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयाे ।  कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन समितिका अध्यक्ष दलबहादुर गुरुङले र आर्थिक प्रतिवेदन काेषाध्यक्ष दुर्गाबहादुर थापाले पेश गरेका थिए । 

गतवर्ष ५२ लाख आम्दानी र ४१ लाख खर्च भएकाे उनले बताए । साथै उनले चालू आवकाे लागि ६४ लाखकाे अनुमानित वजेट पेश गरेका छन् । मन्दिरकाे भाैतिक,आध्यात्मिक, पर्यटकीय,शैक्षिक एवम् वातावरणीय विकासका लागि वजेट विनियाेजन गरिएकाे छ ।


सभामा तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगर,वडाध्यक्षहरु प्रेम पाण्डेय,दलबहादुर दर्लामी,मन्दिरका पूर्व अध्यक्ष महेन्द्र पाण्डेय,मूल पुराेहित नारायण घिमिरे,पुष्पव्यवसायी बिष्णु घिमिरेले मन्दिर विकास समितिले गर्दै आएका कामहरुकाे प्रशंसा गर्दै थप उन्नति र प्रगतिकाे कामना समेत गरेका छन् । 

साधारण सभाकाे अवसरमा मन्दिरले आफ्नाे अफिसियल गीतकाे विमाेचन समेत गरेकाे छ । उक्त गीतकाे संगीत चिरन बरालले गरेका हुन् । 

समितिका उपाध्यक्ष सन्ताेष शेरचनकाे स्वागत,सचिव अमर प्रधानकाे सञ्चालन र अध्यक्ष दलबहादुर गुरुङकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न