कर्मठमा तालिम सुरु
कर्मठ महिला बचत तथा ऋण सहकारी संस्था लि. शुद्वाेदन,रुपन्देहीमा सहकारी सञ्चालन,व्यवस्थापनमा टीम बिल्डिङ्ग सम्बन्धि दुई दिवसीय तालिमकाे आईतवार सुरुआत् भएकाे छ । तालिमकाे उद्घाटन संस्थाकी अध्यक्ष रेशमसिह ठकुरीले गरेकी छिन् ।
तालिममा उक्त सहकारीका सञ्चालकहरु,लेखा समिति,ऋण उपसमितिका सदस्यहरुकाे सहभागिता रहेकाे छ । तालिममा सहकारी सञ्चालन,व्यवस्थापन,याेजना निर्माण र कार्यान्वयन,सहकारीका सिद्धान्त,मूल्यमान्यता र सहकारी सञ्चालकहरुलाई दक्ष बनाउनका निम्ति खेल्नु पर्ने भूमिकाहरुका सन्दर्भमा सामाजिक उद्यमी दलबहादुर गुरुङ र महिला उद्यमी गीतारानी बलालले प्रशिक्षण दिएका थिए ।
सहभागीहरुले आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक कार्ययाेजना तर्जुमाकाे अभ्यास गरेका छन् ।
याेजनावद्वरुपमा अघि बढ्नका लागि यस्ताे खालकाे तालिम महत्वपूर्ण रहेकाे संस्थाका अध्यक्ष ठकुरीले बताईन् । तालिम साेमवारसम्म सञ्चालन हुने संस्थाकी ब्यवस्थापक संगीता शाहीले बताईन् ।तालिम उद्घाटन सत्रकाे सञ्चालन संस्थाकी सचिव ऐश्वर्या चाैधरीले गरेकी थिईन् ।
Comments
Post a Comment