कर्मठमा तालिम सम्पन्न
कर्मठ महिला बचत तथा ऋण सहकारी संस्था लि. शुद्वाेदन,रुपन्देहीमा सहकारी सञ्चालन र व्यवस्थापनमा टीम बिल्डिङ्ग सम्बन्धि दुई दिवसीय तालिम साेमवार सम्पन्न भयाे ।
तालिममा उक्त सहकारीका सञ्चालकहरु,लेखा समिति,ऋण उपसमितिका सदस्यहरुकाे सहभागिता रहेकाे थियाे । तालिममा सहकारी सञ्चालन,व्यवस्थापन,याेजना निर्माण एवम् कार्यान्वयन,सहकारीका सिद्धान्त,मूल्यमान्यता र सहकारी सञ्चालकहरुलाई दक्ष बनाउनका निम्ति खेल्नु पर्ने भूमिकाहरुका सन्दर्भमा सामाजिक उद्यमी दलबहादुर गुरुङ र महिला उद्यमी गीतारानी बलालले प्रशिक्षण दिएका थिए ।
याेजनावद्वरुपमा अघि बढ्नका लागि यस्ताे खालकाे तालिम महत्वपूर्ण रहेकाे संस्थाका उपाध्यक्ष बिष्णु कार्कीले बताईन् । तालिम समापन सत्रकाे सञ्चालन संस्थाकी सचिव ऐश्वर्यादेवी चाैधरीले गरेकी थिईन् ।
Comments
Post a Comment