तिनाउमा डढेलाे नियन्त्रण सम्बन्धि आमसभा हुने

 




सामुदायिक वन समन्वय समिति, तिनाउ पाल्पाले वन डढेलाे नियन्त्रण सम्बन्धि सचेतनामुखी अभियान २०७८ फागुन २४ गते,मंगलवारदेखि  आगामी चैत्र ७ गतेसम्म सञ्चालन गर्ने भएकाे छ । 

साे सचेतनामुखी अभियानकाे थालनी तिनाउ गाउँपालिका वडा नं१ काे ठूलीउदाङ र कचलफाँटबाट गरिएकाे छ । 


साे सुरुआती अभियानकका प्रमुख अतिथि दाेभान माविका प्रअ सूर्यप्रसाद पाैडेलले समुदायमा रहेका सामुदायिक वनहरुलाई डढेलाे नियन्त्रण सम्बन्धि पूर्णरुपमा सचेत गराउन सकेमामात्र डढेलाे नियन्त्रण हुने बताए ।

साेही कार्यक्रमका विशिष्ट अतिथि एक्सिस कलेजका प्राचार्य माधवकुमार पाैडेलले वन,वातावरण र जैविक विविधता संरक्षणमा समुदायका सावउसहरुलाई सार्थक रुपमा लगाउनु पर्नेमा जाेड दिदै डढेलाे लाग्नु नदिनुनै पहिलाे सर्त हुने बताए ।


अभियानकाे आवश्यकता,ओैचित्यता र महत्वका बारेमा समितिका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङले मानवीय कारणले गर्दा हाम्रा सामुदायिक वनहरुमा डढेलाे लाग्दै आएकाे,उपभाेक्ताहरुमा वनकाे उपयाेग र संरक्षण सम्बन्धि चेतनाकाे अभाव रहेकाे र डढेलाे लाग्दा समेत स्थानीय सावउसहरुका सदस्यहरुकाे सक्रियता साेचेजस्ताे प्रभावकारी हुन नसकेकाे बताए । 


कार्यक्रमकाे सञ्चालन समितिका सदस्य भाेजबहादुर छहरी र व्यवस्थापक सरिता गुरुङले गरेका थिए भने कार्यक्रमकाे अध्यक्षता समितिका अध्यक्ष पदमलाल शाक्यले गरेका थिए । डढेलाे नियन्त्रण सम्बन्धि विशाल आमसभा आउँदाे चैत्र ७ गते साेमवार हुने हुनेछ । साे सभामा पाल्पा जिल्लाभित्र रहेका सुरक्षा निकायहरु,वनसँग सराेकार राख्ने निकायहरु र संघसंस्थाहरुकाे सार्थक सहभागिता रहने छ । कार्यक्रमकाे सम्पूर्ण व्यवस्थापन सामुदायिक वन समन्वय समिति तिनाउले गर्ने छ ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न