महिला सशक्तीकरण सहकारी तालिम

 



बुटवल उपमहानगरपालिकाले आयाेजना गरेकाे महिला सशक्तीकरण सहकारी विषयक तीन दिवसीय तालिम बुधवारदेखि बुटवलकाे एसियन पाटी प्यालेसमा सुरु भएकाे छ । 

तालिमकाे उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुंईटेलले सरकारकाे तीनखम्बे आर्थिक नीति अन्तर्गत सहकारी दरिलाे खम्बा रहेकाे र महिलाहरुलाई सहकारीका माध्यमबाट सशक्तीकरण गर्नुपर्नेमा जाेड दिदै सहकारीबाट उद्यमशीलताकाे विकास गर्नुपर्ने बताए । 



साेही अवसरमा नगर सहकारी सञ्जालका सहसंयाेजक कृष्ण चाैहान क्षेत्रीले महिलाहरुलाई सहकारीमार्फत नेतृत्व विकासमा संलग्न गराउने र सहकारी नै आर्थिक रुपान्तरणकाे गतिलाे माध्यम हाे भन्ने सन्देश प्रभाव गर्न तालिम सहयाेगी रहनुपर्नेमा जाेड दिए ।

तालिममा सामाजिक उद्यमी दलबहादुर गुरुङ र गुणाकर खनालले सहकारी,यसकाे वर्तमान अवस्था,सहकारीमा बजारीकरण विषयमा सहजीकरण गरेका थिए । 


तालिममा बुटवल क्षेत्रका ३३ जना महिला सहकारीकर्मीहरुकाे सार्थक सहभागिता रहेकाे छ । तालिम शुक्रवारसम्म सञ्चालन हुनेछ ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न