नयाँ वर्ष २०७९को भितेपात्रो विमोचन एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
नेपाल बलाल मगर परिवार केन्द्रिय समितिको आयोजना तथा तराई बलाल मगर परिवारको व्यवस्थापनमा चैत २५ गते शुक्रवारका दिन मधौलियामा नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
एकता ,भातृत्व,र प्रगतिका लागि एकताबद्व भएका बलाल मगर परिवारले एकआर्थिक वर्ष भित्र भए गरेका विभिन्न क्रियाकलापहरुलाई समेटेर २०७६ साल देखि नै नियमित रूपमा क्यालेन्डर प्रकाशन गर्दै आएका छन् ।
तराई दह बलाल परिवारका का.वा अध्यक्ष रन बहादुर बलाल ज्यु को अध्यक्षता एवम् नेपाल बलाल मगर परिवार केन्द्रिय समितिका अध्यक्ष गीतारानी बलाल ज्युको प्रमुख आतिथ्यतामा भएको विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रिय समितिका सल्लाहकार क्या टेक बहादुर बलाल, कार्यक्रमका अध्यक्ष रन बहादुर बलालले तराई दह बलाल परिवारले कार्यक्रम व्यवस्थापन गर्ने अवसर पाएकोमा व्यक्तिगत एवम् संस्थाको तर्फबाट हार्दिकदा व्यक्त गर्नुभयो ।
प्रकाशित नयाँवर्षको भित्तेपात्रो चैत मसान्तसम्म गुल्मीदह ,झारखर्क ,जुभुङ्ग,शान्तिपूर,फोक्सिङ , ,सिम्ले,मुसिकाेट ,बिरबास ,पाल्पा,अर्घाखाँची रुपन्देही ,काठमाडौं , दाङ ,सल्यान बागलुङ , तनहुँ , तथा रामेछापका बलाल मगर परिवार सम्म पुर्याउने जिम्मेवारी केन्द्रिय समितिका संगठन सचीव धन बहादुर बलाललाई दिइएको जानकारी गराउनुभयो ।प्रमुख अतिथि गीतारानी बलालले नेपाल बलाल मगर परिवारको एकता ,भातृत्व र प्रगतिका लागि परिवारका अग्रजहरुले सुम्पिएको जिम्मेवारिलाई सदैव आत्मसात् गरि अघि बढने प्रतिबद्धता व्यक्त गर्दै
नयाँ वर्ष २०७९ को शुभ अवसरमा देश विदेशमा छरिएर रहेका सम्पूर्ण बलाल मगर परिवारको सुस्वास्थय, दिर्घायुको कामना संगै आर्थिक , सामाजिक , राजनीतिक एवम् व्यसायिक सफलताको उत्तर -उत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रम संचालन दह बलाल परिवारका सचीव दल बहादुर बलालले गर्नुभएको थियो



Comments
Post a Comment