दुबईमा निशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न ।

 

   DNIG र Titan Eye ले निशुल्क आँखा परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

    2024 August 18 Sundayका दिन  संस्थाले सामाजिक सेवा जस्तो महत्वपूर्ण कार्य गरि परदेशमा रहेका नेपाली युवा समुदायलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा  प्रतिष्ठित टाटा समूह अन्तर्गतको Ttitan Eye को सहकार्यमा निशुल्क आँखा परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो । 

    संस्थाको यस  पहलले संस्थाहरू बीच सहकार्य गरेर पनि समाजमा सकारात्मक सामाजिक सेवा गर्न सकिन्छ भन्ने  प्रवाह  भएको छ ।


    दुबई मा रहेका इच्छुक सम्पुर्ण नेपाली युवाहरुका लागि आयोजना गरिएको यस कार्यक्रम मार्फत कुल ३६ जनाले निशुल्क आँखा परीक्षण गराएका छन् ।  

    अनुभवी तथा  व्यावसायिक आँखा विशेषज्ञहरुको सहभागीतामा  सञ्चालित यस कार्यक्रमले महत्वपूर्ण स्वास्थ्य सेवा प्रदान गर्नुका साथै  नियमित आँखा परीक्षणको महत्त्वलाई बढाएको छ ।

 

        संस्थाका संस्थापक अध्यक्ष मनोज  मरठाका अनुसार  यस कार्यक्रमको सफलताले संस्थागत हातेमालो गरि समुदायमा सकारात्मक परिवर्तन सिर्जना गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुका साथै DNIG र Titan Eye को सामाजिक उत्तरदायित्व र सामुदायिक  कल्याणप्रतिको प्रतिबद्धताले सबैमा स्थायी रूपमा सकारात्मक प्रभाव पार्न समेत सफल भएको  प्रतिक्रिया दिँदै  संस्थाको तर्फबाट सहभागी सम्पुर्णलाई  धन्यवाद ज्ञापन गरिएको छ ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न