DNIG द्वारा विशेष डिनर तथा नेटवर्किङ कार्यक्रम सम्पन्न
दुबई नेपालीज इन्फ्लुएन्सियल ग्रुप (DNIG) द्वारा २८ सेप्टेम्बर २०२४ मा क्यानोपी बाई हिल्टन, अल सिफमा विशेष डिनर तथा नेटवर्किङ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम DNIG का समर्पित स्वयंसेवकहरू र प्रमुख सदस्यहरूको सम्मानमा आयोजना गरिएको थियो, जसले संस्थालाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिएका छन्।
कार्यक्रमका प्रमुख आकर्षण CFA श्री विष्णु प्रसाद बस्यालद्वारा गरिएको विशेष लगानी सत्र थियो। वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढी अनुभव भएका श्री बस्यालले शेयर बजार र अन्य प्रकारका सम्पत्तिहरूमा लगानी गर्न सकिने अवसरहरूका बारेमा जानकारी दिए। उनले हालको बजारमा देखापर्न सक्ने सम्भावना, चुनौतीहरू, र दीर्घकालीन सम्पत्ति निर्माणका रणनीतिहरूबारे सहभागीहरूलाई अवगत गराए ।
करिब ४ घन्टा सम्म संचालन भएको कार्यक्रममा युरोपबाट आएका विशेष अतिथि एवम् DNIG का शुभचिन्तक श्री एलेक्स र सुश्री मेलानीका साथै नेपाली समुदायका उद्यमीहरू, पेशेवरहरू र अन्य विशिष्ट व्यक्तित्त्वहरूको उपस्थितीले कार्यक्रमको विशेष महत्त्व प्रतिनिधित्व गरेको थियो ।
विशेष सत्रपछि, DNIG कोर समुहकाद्वारा प्रश्नोत्तर सत्रमा सहभागीहरूको जिज्ञासा मेटाउनुका साथै सुझावहरू संकलन गरिएको थियो। सहभागीहरु द्वारा यु ए इ मा बसोबास गर्दै आएका सकारात्मक नेपाली समुदायलाई एकजुट बनाउने DNIG को प्रतिबद्धतालाई पूरा गर्न आफुहरु संस्था संग कालान्तर सम्म कटिबध् रहने प्रतिक्रिया समेत व्यक्त गरिएको थियो ।
संस्थापक श्री मनोज मरहट्टा द्वारा DNIG को भविष्यका योजनाहरू र नेपाली समुदायलाई सशक्त बनाउन गरिएको प्रयासहरूको बारेमा चर्चा गर्दै विशेष डिनर र नेटवर्किङ कार्यक्रम सफल तुल्याउन उपस्थित सम्पुर्ण अतिथि तथा सहभागीहरूलाई व्यक्तिगत तथा संस्थाको तर्फबाट धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।
.jpg)
.jpg)
.jpg)
.jpg)
Comments
Post a Comment