बुटवल १५ औ साधारणसभा सम्पन्न
प्रसाद आचार्य संस्थाका पुर्व कानुनी सल्लाहकार आशा बस्नेत थापा, कर्नल बल बहादुर रेश्मी , पुर्व सेक्रेटरी पद प्रताप जि सि तथा साहित्यकार संस्थाका ज्येष्ठ शेयर सदस्य श्री जंग बहादुर शाह ,सहकारी संजाल शुद्धाेधनका अध्यक्ष श्री लेख बहादुर खत्री तथा सल्लाहकार तथा संस्थापक अध्यक्ष श्री प्रकाशमान के सि सल्लाहकार तथा निवर्तमान अध्यक्ष श्री जनक बहादुर थापा ,
सल्लाहकार श्री सहवीर थापा,सल्लाहकार श्री मेहर सिँ थापा , व्यवस्थापक प्रमुख श्री चन्द्र बहादुर राना लगायत संस्थाका पुर्व सल्लाहकारहरु ,श्री नेत्र बहादुर थापा,मोहन सिं बस्नेत ज्युको विशिस्ट आतिथ्यता सहित करिब १००० जना शेयर
सदस्यज्युहरुको सार्थक सहभागीतामा भव्य रूपमा सम्पन्न भयो । प्रमुख अतिथि तथा विशिष्ट अतिथीज्युहरुको मन्तव्यमा सदस्य हरुले निकै चासोको साथ सुन्नुभएको थियो।वहाँ हरुले संस्था को राम्रो काम तथा प्रगति को साथै सदस्य हरु को मनका कुरा हरु जस्तै हिसाब किताब को पारदर्शिता, लुस्कुन मा लगानी र संस्था नितिगत रुपमा संचालनमा रहेकाे कुरा औंल्याउनुभएको थियो।
यस महत्त्वपूर्ण कार्यक्रममा संस्थाका बाल शेयर सदस्य बालकलाकारहरु प्रीन्सेस बलाल र सभ्यता खत्रीलाई प्रतिभा प्रस्तुतिका लागी समेत अवसर प्रदान गरिएको थियो ।
जसबाट मनोरञ्जन संगै आफुहरुले थप हौसला पाएकोमा दुवै बाल कलाकारहरुले अवसर प्रदानका लागी संस्थालाई धन्यवाद व्यक्त गरे ।
साधारणसभा कै अवसरमा लायन्स कल्ब अफ बुटवल भृकुटी प्याराडाइसका अध्यक्ष तथा संस्थाकि लेखा सदस्य श्री सबिना टण्डन क्षेत्रीको समन्वयमा निशुल्क सुगर परिक्षण सेवाको आयोजना समेत गरिएको थियो । यस बाट कुल २७७ जना शेयर सदस्यज्युहरु लाभान्वित हुनुभएको छ।
अध्यक्ष श्री राज बहादुर थापा द्वारा वार्षिक प्रतिवेदन,कोषाअध्यक्ष श्री शंकर भण्डारि द्वारा कोषाअध्यक्षको प्रतिबेदन र लेखा संयोजक श्री शोभा थापा द्वारा लेखा प्रतिवेदन प्रस्तुत गरिनुका साथै शेयर सदस्यज्युहरुका जिज्ञासा तथा सुझाव हरु संकलन तथा स्पस्ट पारिएको थियो ।
संस्थाले यस वर्षपनि विभिन्न शिर्षकमा प्रदान गर्दै आएको जेष्ठ नागरिक सम्मान उत्कृष्ट विद्यार्थी सम्मान , असल कारोबारी शेयर सदस्य सम्मान , असल उद्यमी सम्मान ,उत्कृष्ट खेलाडी सम्मान ,सक्रिय सदस्य, आर्मी अफिसर तथा आर्मी नर्सिङ सम्मान समेत गरिएको छ।
समापन सत्रमा आफ्नो धारणा व्यक्त गर्दै संस्थामा सामुहिक सहयोग र सहभागीता बिना यो कार्यक्रम सम्भव नहुने बताउँदै संस्थाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने शेयर सदस्यहरूको निरन्तर साथ र समर्थनले संचालक समिति तथा कर्मचारीहरुले आगामी दिनहरूमा पनि अझै ठूला उपलब्धिहरू हासिल गर्नका लागि हौसला प्राप्त गरेको जिकिर गर्नुभयो।
१५ औं साधारणसभा सफल तुल्याउन सम्पुर्ण शेयर सदस्यज्युहरु ,सिङ्गो संचालक समितिका पदाधिकारीहरु, लगायत उप समिति संयोजक तथा कर्मचारीहरु र
स्वयंसेवक सदस्यज्युहरुले दिनुभएको साथ संस्थाप्रतिको अटूट माया र विश्वासलाई झल्काएको बताउँदै वीरगाथालाई अझ बलियो र सहकारीको मर्मलाई आत्मसात गर्दै आर्थिक समृद्धि र सामाजिक विकासका अभियानमा सबैको साथमा आगामी
दिनहरूमा पनि अपेक्षाअनुसार उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्दै सहकारी प्रगतिको बाटोमा अझ अगाडि बढ्ने संस्थागत प्रतिबद्धता सहित सहभागी सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गरिएको थियो।

















Comments
Post a Comment