डिएनआईजीद्वारा ई-कमर्स अन्लाईन सेसन सम्पन्न

डिएनआईजीले नेपाली समुदायलाई ई-कमर्सको अवसरहरूको खोजी  गर्न र डिजिटल बजारमा सफल हुन आवश्यक सीपहरू प्रदान गरेर सशक्त पार्ने उद्देश्यले अक्टोबर २६ शनिबार   नि:शुल्क अन्लाईन तालिमको आयोजना गर्‍यो ।  

डिजिटल मार्केटिङका अनुभवी नर बहादुर भण्डारीले प्रशिक्षकको भुमिका निर्वाह गदै  महत्त्वपूर्ण  ई-कमर्स तालिम सफलतापूर्वक सम्पन्न गरिएको हो ।

तालिममा डिजिटल मार्केटिङ, ई-कमर्स, र ड्रपशिपिङको बारेमा विषयहरु समेटिएको हुँदा यस सेसनमा  निकै उत्साहजनक सहभागीता रहयो ।

तालिममा डिजिटल मार्केटिङको परिचय, भरपर्दा आपूर्तिकर्ता कसरी फेला पार्ने, र अमेजन एफबीए (Fulfillment by Amazon) को बारेमा महत्त्वपूर्ण पक्षहरू समेटिएको थियो।

सहभागीहरूले डिजिटल मार्केटिङ कसरी काम गर्छ, सहि उत्पादन छनोट गर्ने रणनीतिहरू, र ई-कमर्सको जटिलताहरूको  व्यवस्थापनमा पनि विशेष जोड दिनुपर्ने जस्तो  महत्त्वपूर्ण  जानकारीहरू प्रदान गरिएको थियो ।  अन्तरक्रियात्मक रूपमा संचालन गरिएको यस तालिमले सहभागीहरूलाई प्रश्न गर्न र छलफल गर्न अवसर प्रदान गर्दा  सिकाइ अनुभव थप प्रभावकारी रहेको प्रतिक्रिया दिनुका साथै एड्वान्स सेसनका लागी निकै उत्सुकता जनाएका छन् ।

आगामी दिनहरुमा पनि डिएनआईजीले नेपाली समुदायको बौद्धिक  विकासको लागि मूल्यवान् सिकाइ स्रोतहरू र सीप निर्माणका अवसरहरू प्रदान गर्न निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रम विरेन्द्र गौतमको कुशल संचालनमा सम्पन्न गरिएको छ।






Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न