Posts

Showing posts from November, 2024

स्वास्थ्य व्यवसायीहरूसँग भेटघाट गर्दै उद्यमशीलता अवसरहरूको खोजी

Image
  यूएईमा स्वास्थ्य व्यवसायी, कानुनी प्रतिनिधि र उद्यमशील व्यक्तित्वहरूको विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल, यूएई र अमेरिकामा चिकित्सा क्षेत्रका अवसर र चुनौतीबारे व्यापक छलफल गरियो। कार्यक्रममा नेपालका सरकारी अस्पतालमा कार्यरत ओर्थोडक्स सर्जन डा. नेत्रले नेपालमा चिकित्सा पेशा अझै मागमा रहेको पुष्टि गर्दै त्यहाँका प्रतिष्ठित शैक्षिक संस्थाहरूमा चिकित्सा अध्ययनका लागि छात्रहरूले भर्ना कसरी गर्न सक्छन् भन्ने जानकारी दिए। डीएनआईजी (दुबई नेपालीज इन्फ्लुएन्सियल ग्रुप) को तर्फबाट नेपाल र यूएईमा नेपाली समुदायको सशक्तीकरणका लागि पुर्‍याउँदै आएको योगदानबारे चर्चा गरियो। विशेषतः हार्वर्ड विश्वविद्यालयको नवप्रवर्तन प्रतियोगितामा प्रतिनिधित्व गर्न दुबई आएका डा. प्रदिशले आफ्नो अनुभव बाँडे। उनले नेपाल र अमेरिकामा १०,००० भन्दा बढी सदस्य भएको संस्थाहरूको नेतृत्व कसरी गरिरहेका छन् भन्ने र त्यसका लागि अपनाएका रणनीतिहरू प्रस्तुत गर्दै डीएनआईजी परिवारलाई उद्यमशीलता र व्यवस्थापनमा उपयोगी हुने सुझावहरू दिए। कार्यक्रमको अन्त्यमा उपस्थित व्यक्तिहरूबाट चिकित्सा त्रुटि, मधुमेह र अन्य स्वा...

।DNIG द्वारा नयाँ सदस्यहरूसँग भेटघाट तथा वाषिर्कोत्सव कार्यक्रम सम्पन्न ।

Image
दुबईस्थित नेपाली समुदायको संस्था DNIG (दुबई नेपाली इन्फ्लुएन्सियल ग्रुप) ले हालै 10 November 2024 आइतबारका दिन नयाँ सदस्यहरूसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कोर टिमले साधारण सदस्यहरू र सम्भावित सदस्यहरूले राखेका जिज्ञासाहरूको समाधान गर्दै संस्थाको भूमिका र लक्ष्यबारे जानकारी प्रदान गर्‍यो। कार्यक्रममा अबुधाबी सदस्यहरूको सहभागिता को विषयमा छलफल र सदस्यहरूले भोगिरहेका चुनौतीहरूको समीक्षा गर्दै संलग्नता बढाउने सुझाव प्रस्तुत गरिएको थियो । आगामी बैठक अबुधाबीको शबिया, मुसाफाह क्षेत्रमा आयोजना गर्ने योजना पनि बनाइएको छ। यस अवसरमा नेपाली नागरिकहरूले विदेशमा भोग्ने सामान्य समस्याहरूको समाधानमा DNIG ले नेपाल दूतावाससँग सहकार्य गर्दै सहयोगको पहल गर्ने विषयमा पनि छलफल गरियो। कार्यक्रमको अन्त्यमा DNIG को कोर टिम र अबुधाबीका नयाँ  सदस्यहरूले संस्थाको एक वर्षको वार्षिकोत्सव केक काटेर मनाए। यस कार्यक्रममा पुराना र नयाँ सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। DNIG ले आगामी दिनमा पनि नेपाली समुदायको हितमा प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेको छ।