।DNIG द्वारा नयाँ सदस्यहरूसँग भेटघाट तथा वाषिर्कोत्सव कार्यक्रम सम्पन्न ।


दुबईस्थित नेपाली समुदायको संस्था DNIG (दुबई नेपाली इन्फ्लुएन्सियल ग्रुप) ले हालै 10 November 2024 आइतबारका दिन नयाँ सदस्यहरूसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कोर टिमले साधारण सदस्यहरू र सम्भावित सदस्यहरूले राखेका जिज्ञासाहरूको समाधान गर्दै संस्थाको भूमिका र लक्ष्यबारे जानकारी प्रदान गर्‍यो।


कार्यक्रममा अबुधाबी सदस्यहरूको सहभागिता को विषयमा छलफल र सदस्यहरूले भोगिरहेका चुनौतीहरूको समीक्षा गर्दै संलग्नता बढाउने सुझाव प्रस्तुत गरिएको थियो । आगामी बैठक अबुधाबीको शबिया, मुसाफाह क्षेत्रमा आयोजना गर्ने योजना पनि बनाइएको छ।


यस अवसरमा नेपाली नागरिकहरूले विदेशमा भोग्ने सामान्य समस्याहरूको समाधानमा DNIG ले नेपाल दूतावाससँग सहकार्य गर्दै सहयोगको पहल गर्ने विषयमा पनि छलफल गरियो।


कार्यक्रमको अन्त्यमा DNIG को कोर टिम र अबुधाबीका नयाँ  सदस्यहरूले संस्थाको एक वर्षको वार्षिकोत्सव केक काटेर मनाए। यस कार्यक्रममा पुराना र नयाँ सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। DNIG ले आगामी दिनमा पनि नेपाली समुदायको हितमा प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेको छ।




Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न