DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।
दुबई, यूएई – दुबई नेपालिज इन्फ्लुएन्सियल ग्रुप (DNIG) ले १२ जनवरी २०२४ मा दुबई स्थित एक प्रसिद्ध फाइभ स्टार होटेल डबल ट्रि बाइ हिल्टनमा आयोजना गरेको साईग्रेस वर्ड टुर कार्यक्रम भव्यता का साथ सम्पन्न भएको छ । यस इभेन्टले दुबईमा रहेका नेपाली समुदायलाई सिर्जनात्मकता र संगठनात्मक उत्कृष्टताको अद्भुत अनुभव प्रदान गर्यो। कार्यक्रमले उत्साहपूर्ण वातावरण र व्यवस्थित आयोजनले सबैलाई आकर्षित गर्न सफल रहयो। कार्यक्रममा सुरुदेखि नै DNIG टिमको व्यावसायिकता र समर्पण स्पष्ट देखिन्थ्यो। प्रत्येक चरण निकै रोचक तरिकाले संरचित र सहज रूपमा अघि बढाइएका थिए, जसले सहभागीहरूलाई मनोरञ्जन र उत्साह प्रदान गर्यो। कार्यक्रमको उत्कृष्ट तथा व्यव्स्थित बसाइ, साउण्ड सिस्टम, र भिजुअल इफेक्टको व्यवस्थाले कार्यक्रममा थप रौनकता ल्याउन सफल भएको थियो। यस सफल आयोजनामा आयोजक र स्वयंसेवकहरूको योगदान प्रशंसनीय रह्यो।उनीहरूले हरेक सहभागीहरुलाई न्यानो स्वागत सहित आतिथ्यताको व्यवस्थापनले कार्यक्रमलाई अझ सकारात्मक र समावेशी बनाउन सफल भयो। साईग्रेस कार्यक्रमले DNIG को सिर्जनात्मकता र व्यवस्थापकीय क्षमता म...