वीरगाथा बचत तथा ऋण सहकारीद्वारा आयोजित सीपमूलक व्यवसायिक तालिम भव्यताका साथ सम्पन्न !
बुटवल-९, रुपन्देही: भु पु आर्मीहरु द्वारा संचालित श्री वीरगाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित सीपमूलक व्यवसायिक तालिम "उद्यमशीलता मार्फत आर्थिक उत्थान, भू.पू. परिवार एकीकृत अभियान" नाराका साथ सहकारीले यो तालिम आयोजना गरेको हो।
तालिमको उद्देश्य सहभागीहरूलाई स्वावलम्बी बनाउन आवश्यक सीप प्रदान गरी उनीहरूलाई सशक्त पार्नु रहेको थियो। तालिममा सहभागीहरूलाई सरफ, ह्यान्डवास, डिशवास, ट्वाइलेट क्लिनर र फिनायल बनाउने जस्ता दैनिक जीवनमा आवश्यक तथा व्यवसायिक उपयोगिता हुने सामग्री निर्माणको विधि सिकाइएको थियो।
तालिममा तिलोत्तमा सर्फ उद्योगका अध्यक्ष श्री सुना श्रीस थापा ले प्रमुख प्रशिक्षक र गंगा श्रीस थापाले सह प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो । तालिममा कुल २० जना सहभागी रहेका थिए। कुल ६ दिनसम्म चलेको यस तालिममा सहभागीहरुले व्यावहारिक ज्ञान हासिल गरेका थिए। तालिम सम्पन्न भएपछि सहभागीहरूलाई सहकारीको कार्यालय परिसरमा आयोजित समापन समारोहका क्रममा प्रमाणपत्र वितरण गरियो।
समारोहमा सहभागीहरु मनुमाया सुत्पराई, देवेन्द्र बहादुर गुरुङ , राधिका पाण्डे ,यमकुमारी श्रेष्ठ , भिमा श्रेष्ठ ,छाँया थापा ,लक्षमी गुरुङ , माया गुरुङ ,बिमला थापा ,धनमाया गुरुङ , पुष्पलता बस्नेत, ले माया गुरुङ , चेम कुमारी राना, लगायत ले तालिमले उनीहरूको सीप र आत्मविश्वास वृद्धि गरेको प्रतिक्रिया दिए। कार्यक्रममा सहकारीका उपाध्यक्ष गीता रानी बलाल थापाले सीप विकासलाई व्यवसायिक रूपमा अगाडि बढाउन र आर्थिक रूपमा आत्मनिर्भर बन्न आवश्यक प्रेरणा प्रदान गरिन।
कार्यक्रमलाई सफल बनाउन सहकारीका पदाधिकारी, प्रशिक्षक, र कर्मचारीहरूको विशेष भूमिका रहेको थियो। अध्यक्ष राज बहादुर थापाले यो तालिमले सहभागीहरूलाई सशक्त बनाउने मात्र नभई, समाजमा स्वावलम्बनको सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गर्नुभयो।
वीरगाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी दिनमा यस्ता थप उपयोगी कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ। संस्थाको यो प्रयासले समुदायमा उद्यमशीलता र आर्थिक उत्थानको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।






Comments
Post a Comment