लघुकथा : दीपशिखा - एउटा वियोगान्त प्रेमकथा
शुक्रराज कुँवर -धरान
चार पांच वर्ष देखिको दीप र शिखाको चोखो माया उत्कर्षमा थियो चखेवा चखेवीको जोडि जस्तै । एकदिन शिखाले दीप तिमी मेरो लागि के गर्न सक्छौ भनेर सोधेकी
थीई । दीपले " म अरुले जस्तै अाकाशको जुनतारा झार्छु त भन्न सक्दिन तर तिमी छैनौ भने तिम्रो लागि मरिदिन सक्छु "भनेर भनेको थियो।
उनिहरुको मायाप्रेम समाजमा एउटा ' अाईकन ' बनेको थियो मुना-मदन , लैला-मज्नु , हिर- रंझा जस्तै दीप-शिखा । ईर्ष्या गर्न लायकको । तर दैव लाग्यो कसैको नजर पर्यो । यस्तो दिन पनि अायो शिखा कोरोना संगको लडाई हारेर अन्तिम सास फेर्दै थिई यस्तो अवस्थामा न त दीप शिखालाई अंगालो हालेर रुन सक्थ्यो न त उनको अांशु नै पुछ्न सक्थ्यो । टाढै बसेर टुलुटुलु हेर्नु बाहेक कुनै उपाय थिएन र हेर्दा हेर्दै शिखाले उसकै अांखा अगाडि अन्तिम सास पनि फेरी ।
अर्धचेत जस्तो अवस्थामा वियोगले व्याकुल भएर दीप घर अाईपुग्दा बांच्ने अाशा तथा रहरहरु शिखाको सास संगै उडेर गएको थियो ,खालि भौतिक शरीर मात्र जसोतसो लतारेर घरसम्म ल्याईपुरायो । व्याकुल थियो एकदम भावशुन्य । उता कतै गायक दीप श्रेष्टको पुरानो गीत बजिरहेको सुन्यो -
"कति कमजोर रहेछ भाग्य तिम्रो सिउंदो कोर्न सकिन
कति कमजोर रहेछ रहर तिम्रो अांशु पुछ्न सकिन " ।
गीतले झनै व्याकुल बनायो उसलाई , उसैको लागि गाए
जस्तो । शिखाले भनेको कथन सम्झ्यो " तर दीप , अाफ्नो प्रेयसीको वियोगमा त सारस चराले पो प्राण त्याग गर्छ अरे त , तिमीले सुनेका छौ " ?
प्रेयसीको वियोगले तडपेको दीप , कतै टाढा एकोहोरो बजिरहेको त्यही गीतको अन्तसंगै उसले अाफ्ना रहरहरुको पनि अन्त गर्यो सारसले जस्तै । भोलिपल्ट मानिसहरु भेला भए , उसका नाडीका नसाहरु काटिएका थिए । देब्रेहातको मुठ्ठी बन्द थियो खोलेर हेर्दा रगतले लेखिएको थियो -
' दीपशिखा ' ।

wow nice 👍
ReplyDeletewow nice
ReplyDelete