लघुकथा : दीपशिखा - एउटा वियोगान्त प्रेमकथा


   शुक्रराज कुँवर -धरान

चार पांच वर्ष देखिको दीप र शिखाको च‍ोखो माया उत्कर्षमा थियो चखेवा चखेवीको जोडि जस्तै । एकदिन शिखाले दीप तिमी मेरो लागि के गर्न सक्छौ भनेर सोधेकी
थीई । दीपले " म अरुले जस्तै अाकाशको जुनतारा झार्छु त भन्न सक्दिन तर तिमी छैनौ भने तिम्रो लागि मरिदिन सक्छु "भनेर भनेक‍ो थियो।

उनिहरुको मायाप्रेम समाजमा एउटा ' अाईकन ' बनेको थिय‍‍ो  मुना-मदन , लैला-मज्नु , हिर- रंझा जस्तै दीप-शिखा । ईर्ष्या गर्न लायकको । तर दैव लाग्यो कसैको नजर पर्यो । यस्तो दिन पनि अाय‍ो शिखा कोरोना संगको लडाई हारेर अन्तिम सास फेर्दै थिई  यस्तो अवस्थामा न त दीप शिखालाई अंगालो हालेर रुन सक्थ्य‍ो न त उनको अांशु नै पुछ्न सक्थ्यो । टाढै बसेर टुलुटुलु हेर्नु बाहेक कुनै उपाय थिएन र हेर्दा हेर्दै शिखाले उसकै अांखा अगाडि अन्तिम  सास पनि फेरी ।

अर्धचेत जस्तो अवस्थामा वियोगले व्याकुल भएर दीप घर अाईपुग्दा  बांच्ने अाशा तथा रहरहरु  शिखाको सास संगै उडेर गएको थिय‍ो ,खालि भौतिक शरीर मात्र जसोतसो लतारेर घरसम्म ल्याईपुरायो । व्याकुल थियो एकदम भावशुन्य । उता कतै गायक दीप श्रेष्टको पुरानो गीत बजिरहेको सुन्यो -

"कति कमजोर रहेछ भाग्य तिम्रो सिउंदो कोर्न सकिन
कति कमजोर रहेछ रहर तिम्रो अांशु पुछ्न सकिन " ।
गीतले झनै व्याकुल बनायो उसलाई , उसैको लागि गाए
जस्तो । शिखाले भनेको कथन सम्झ्यो " तर दीप , अाफ्नो प्रेयसीको वियोगमा त  सारस चराले पो प्राण त्याग गर्छ अरे त , तिमीले सुनेका छौ " ? 

प्रेयसीको वियोगले तडपेको दीप , कतै टाढा एकोहोरो बजिरहेको त्यही गीतको अन्तसंगै उसले अाफ्ना रहरहरुको पनि अन्त गर्यो सारसले जस्तै । भोलिपल्ट  मानिसहरु भेला भए , उसका नाडीका नसाहरु काटिएका थिए । देब्रेहातको मुठ्ठी बन्द थियो खोलेर हेर्दा रगतले लेखिएको थियो - 
' दीपशिखा ' ।                                                                                                                    

Comments

Post a Comment

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न