डिएनआईजीद्वारा ई-कमर्स अन्लाईन सेसन सम्पन्न
डिएनआईजीले नेपाली समुदायलाई ई-कमर्सको अवसरहरूको खोजी गर्न र डिजिटल बजारमा सफल हुन आवश्यक सीपहरू प्रदान गरेर सशक्त पार्ने उद्देश्यले अक्टोबर २६ शनिबार नि:शुल्क अन्लाईन तालिमको आयोजना गर्यो । डिजिटल मार्केटिङका अनुभवी नर बहादुर भण्डारीले प्रशिक्षकको भुमिका निर्वाह गदै महत्त्वपूर्ण ई-कमर्स तालिम सफलतापूर्वक सम्पन्न गरिएको हो । तालिममा डिजिटल मार्केटिङ, ई-कमर्स, र ड्रपशिपिङको बारेमा विषयहरु समेटिएको हुँदा यस सेसनमा निकै उत्साहजनक सहभागीता रहयो । तालिममा डिजिटल मार्केटिङको परिचय, भरपर्दा आपूर्तिकर्ता कसरी फेला पार्ने, र अमेजन एफबीए (Fulfillment by Amazon) को बारेमा महत्त्वपूर्ण पक्षहरू समेटिएको थियो। सहभागीहरूले डिजिटल मार्केटिङ कसरी काम गर्छ, सहि उत्पादन छनोट गर्ने रणनीतिहरू, र ई-कमर्सको जटिलताहरूको व्यवस्थापनमा पनि विशेष जोड दिनुपर्ने जस्तो महत्त्वपूर्ण जानकारीहरू प्रदान गरिएको थियो । अन्तरक्रियात्मक रूपमा संचालन गरिएको यस तालिमले सहभागीहरूलाई प्रश्न गर्न र छलफल गर्न अवसर प्रदान गर्दा सिकाइ अनुभव थप प्रभावकारी र...