मेयरले काेरे चित्र
तिलाेत्तमा नगरपालिकाकाे वडा नं.१४ मा पर्ने बाउन्नकाेटी मन्दिर परिसरमा शुक्रबार दिउँसाे एक बजे पुग्दा २७ जना कलाकार साथीहरुले तिलाेत्तमा नपाभित्र १७ वडामा रहेका ऐतिहासिक,पुरातात्त्विक , धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय स्थलहरुका क्यानभासमा सूक्ष्म तरिकाले सुन्दर चित्र काेरिरहेका थिए । नेपाल व्यवसायी कलाकार संघकाे २७ ओै स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिकाे स्मृति दिवसकाे अवसर पारेर नेपाल व्यवसायिक कलाकार संघ,रुपन्देही र अरनिकाे स्मृति प्रतिष्ठान,नेपालकाे संयुक्त आयाेजना र तिलाेत्तमा नपाकाे व्यवस्थापनमा चित्रकला कार्यशाला -२०७८ पाैष १६ र १७ गते दुई दिनसम्म सञ्चालन हुने छ । नगरप्रमुख बासुदेव घिमिरेले क्यानभासमा हात्तीकाे चित्र स्केच गरि कार्यशालाकाे शुभारम्भ गरेका थिए । तराईका भूमिपुत्र आदिबासी थारु जातिकाे स्केच गर्दै रङ भर्दै थिए नेपाल व्यवसायी कलाकार संघ,रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापाले । फेता गुथेका थारुले दाहिने कुमतिर जाल र देब्रे कम्मरमा फुन्द्रुङ भिरेकाे कलात्मक चित्रमा बेनुले आफ्नाे श्रम,सीप पाेखिरहेका थिए । थारु जाति...