नेपाल यातायात महिला चालक समूह द्वारा निशुल्क ड्राइभिङ तालीम संचालन
नेपाल यातायात महिला चालक समुहले युवाहरुलाई रोजगार सृजना गर्ने उद्येश्यले एक महिने ड्राइभिङ तालिम सञ्चालन गरेको छ । विहिबार कार्यक्रम उद्घाटन गरि सहभागी प्रशिक्षार्थीहरुलाई ओरेन्टेशन क्लास सम्पन्न गरिएको छ । सस्थाले विगत लामो समय देखि विपन्न तथा आर्थिक स्रोत कमजोर भएका महिलाहरुलाई स्वरोजगार बनाउनको लागि विभिन्न किसिमका आयमुलक तथा व्यक्तित्त्व विकास सम्बन्धि तालिमहरु प्रदान गर्दे आएको छ । विभिन्न जिल्लाबाट काठमाण्डौँमा आई बसोबास गरेका महिलाहरुलाई निशुल्क रुपमा सञ्चालन गरिएको उक्त कार्यक्रम माघ १३ गते आईतबारबाट सञ्चालन भएको हो । एक महिना सम्म सन्चालन हुने ड्राइभिङ तालिम राष्ट्रिय युवा परिषद भक्तपुर र नेपाल यातायात महिला चालक समुहको समन्वयमा संचालन भइरहेको सस्थाकी अध्यक्ष मिना चन्द ठकुरीले जानकारी दिनुभयो ।