महिला सशक्तीकरण सहकारी तालिम
बुटवल उपमहानगरपालिकाले आयाेजना गरेकाे महिला सशक्तीकरण सहकारी विषयक तीन दिवसीय तालिम बुधवारदेखि बुटवलकाे एसियन पाटी प्यालेसमा सुरु भएकाे छ । तालिमकाे उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुंईटेलले सरकारकाे तीनखम्बे आर्थिक नीति अन्तर्गत सहकारी दरिलाे खम्बा रहेकाे र महिलाहरुलाई सहकारीका माध्यमबाट सशक्तीकरण गर्नुपर्नेमा जाेड दिदै सहकारीबाट उद्यमशीलताकाे विकास गर्नुपर्ने बताए । साेही अवसरमा नगर सहकारी सञ्जालका सहसंयाेजक कृष्ण चाैहान क्षेत्रीले महिलाहरुलाई सहकारीमार्फत नेतृत्व विकासमा संलग्न गराउने र सहकारी नै आर्थिक रुपान्तरणकाे गतिलाे माध्यम हाे भन्ने सन्देश प्रभाव गर्न तालिम सहयाेगी रहनुपर्नेमा जाेड दिए । तालिममा सामाजिक उद्यमी दलबहादुर गुरुङ र गुणाकर खनालले सहकारी,यसकाे वर्तमान अवस्था,सहकारीमा बजारीकरण विषयमा सहजीकरण गरेका थिए । तालिममा बुटवल क्षेत्रका ३३ जना महिला सहकारीकर्मीहरुकाे सार्थक सहभागिता रहेकाे छ । तालिम शुक्रवारसम्म सञ्चालन हुनेछ ।