पिताको जस्तै छवि भएका छवि नेपाल सर ।
नवीन औद्योगिक स्कुल बाट कक्षा पाँचको जिल्ला स्तरीय परीक्षा पास गरेपछि आमाले कालिका मा. वि. नै उचित छ भन्दै मलाई नयाँ स्कुलमा भर्ना गरिदिनु भयो । विद्यालय शिक्षक र सहपाठी साथीहरू कस्ता होलान् ? भन्ने चिन्ता लाग्यो । नयाँ विद्यालयमा पढ्न जाने अवसर र चुनाैतीसँगै पीडा नि उस्तै भाे मलाई । कारण नवीन अाैद्योगिक स्कुल छाेड्न पटक्कै मन थिएन । सबै शिक्षक शिक्षिकाकाे प्यारी थिएँ । सबैले माया त पाएकै हुन्छन् नवीन औद्योगिक विद्यालयमा तर माधव पाण्डे सर ,कमला मेडम र कुसुम मेडमकाे समिप्यता छुट्ने हुँदा मलाई बढी पीडा महशुस भएको थियो ।पछि सबै साथीहरू त्यहीँ पढ्ने भयौं र मन ढुक्क भयो । कालिका मा. वि.मा पहिलो दिन छवि नेपाल सरलेविद्यार्थीलाई तपाईंहरू भनेर सम्बाेधन गर्दा खुशीले फुरूङ्ग र अचम्म महशुस गरेकी थिएँ ।मनमनै कतै हामीलाई तह लगाउने कुटनैतिक तवर हाे कि भनेर । तर उहाँ सधैं प्रत्येक विद्यार्थीलाई तपाईं भनेर सम्बाेधन गरेर बाेलाउनु हुन्थ्यो । त्यसपछि मनमा रहेको जिज्ञासा तत्काल मेटियाे । उहाँको पढाउने शैली अत्यन्तै व्यवहारिक र अभ्यास पुर्ण खा...