Posts

Showing posts from November, 2021

सियारीमा आज

Image
  सियारी गाउँपालिका,रुपन्देहीले महिला हिंसा बिरुद्धकाे १६ दिने कार्यक्रमकाे अन्तिम दिन गाउँपालिकाभित्र रहेका महिलाहरुकाबीच महिलाहिंसाका कारण,वर्तमान अवस्था,महिलाहरुकाे दायित्व र अधिकार विषयहरुमा बृहत् छलफल तथा गाेष्ठिका साथ समापन कार्यक्रमका लागि तयारी बैठक गरेकाे छ । कार्यक्रम मंसिर २४ गते हुनेछ ।  बैठकले विभिन्न उपसमिति समेत गठन गरेकाे  पालिकाका उपाध्यक्ष अमृता गुरुङले कलम आवाजलाई बताईन् । उनले सदाकाेभन्दा यसपालि फरक ढंगले कार्यक्रम गर्ने बताईन् ।  कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अयाेध्याप्रसाद थारुले महिलाहरुकाे समस्याहरुमाथि छलफल गरि आवश्यकताका आधारमा कार्यक्रम गरिने बताउँदै महिला हिंसा विरुद्धको दिवसले समाजमा आगामी दिनमा हिैसालाई व्यवस्थापन गर्न  जाेड दिए ।  कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराई,लेखा अधिकृत,स्थानीय महिला नेतृत्व र  पाैरखी पात्र पुस्तकका लेखक दलबहादुर गुरुङले महिला हिंसा घरपरिवार,समाजबाटै भएकाे र त्यसकाे मूल जराे आर्थिक असमानता नै भएकाे उल्लेख गरेका थिए ।  उक्त समापन कार्यक्रममा हुने छलफलमा स्थानीय महिला नेतृत...

एम्स कलेजमा पाैरखी पात्र

Image
  पाैरखी पात्र पुस्तक पढेपछि एम्स कलेजका विद्यार्थीले साेही पुस्तकका लेखकहरु दलबहादुर गुरुङ र माधवकुमार पाैडेलसँग विहिवार विषयगत छलफल गरेका छन् ।  स्नातक तह विविएस चाैथाे वर्षका विद्यार्थीले पुस्तक पढेपछिका अनुभवहरु साटासाट र पठन अनुभूति अभिब्यक्त गरेका थिए । उनीहरुले दैलामा स्थानीय सरकार भएता पनि उद्यमीहरुले साेचेजति आर्थिक,प्राविधिक एवम् प्रशासनिक सहयाेग पाउन नसकेकाे र त्यसका लागि लेखकहहरुले पहल गरिदिनु पर्नेमा जाेड दिए ।  कार्यक्रममा कलेजका प्राचार्य विकास श्रेष्ठले पुस्तकले उद्यमशीलता पढ्ने विद्यार्थीलाई नयाँ खुराक दिने,पठन संस्कृतिमा टेवा पुराउने र जागिरमुखीभन्दा उद्यमी बन्न उत्प्रेरित गर्ने बताए ।  पुस्तकका लेखकहरु दलबहादुर गुरुङ र माधवकुमार पाैडेलले विद्यार्थीलाई पाैरखी पात्र पुस्तक पढिदिई छलफल कार्यक्रममा सहभागी भई प्रश्नाेत्तर गरिदिएकाे कृतज्ञता ब्यक्त गरे । साथै उनीहरुले व्यवस्थापनका  विद्यार्थीलाई स्वराेजगारी बन्न समेत अनुराेध गरेका थिए । कार्यक्रममा एम्स फाउन्डेसनका निर्देशक  गाेपालप्रसाद न्याैपाने,गाेविन्द शर्मा,यज्ञ न्याैपाने लगायतकाे सहभागित...

गणेशका उपभाेक्ता कर्णाली पुलसम्म

Image
 गणेश सामुदायिक वन उपभाेक्ता समूह,तिनाउ-२,पाल्पाले आफ्ना उपभाेक्ताहरुलाई,दाङकाे राप्ति गाउँपालिका वडा नं २ मा रहेकाे कालिका सावउस,बाँकेकाे गाभर भ्याली हाेमस्टे,बर्दियाकाे डल्ला हाेमस्टे र सुदूर पश्चिमकाे कर्णाली पुलसम्म दुई दिवसीय अध्ययन,अवलाेकन भ्रमण गराएकाे छ ।  भ्रमणमा कालिका सामुदायिक वनले वृद्धा पशु स्याहार केन्द्र र गिद्व संरक्षण सम्बन्धि कार्यलाई अघि बढाएकाे र त्यसकाे दूरगामी प्रभावका बारेमा गरेका प्रगतिका बारेमा छलफल गरेकाे थियाे ।  बाँकेकाे बैजनाथ गाउँपालिकामा पर्ने गाभर भ्याली र त्यहाँ स्थानीयहरुले सञ्चालन गरेकाे सामुदायिक हाेमस्टेका बारेमा गणेश सावउसका कार्यसमिति र उपभाेक्ताहरुले अध्ययन गर्ने काम गरेका थिए । हाेमस्टे सञ्चालक कृष्ण चाैधरीले स्थानीयहरुले हामेस्टे सञ्चालन गरेपछि आर्थिक एवम् सामाजिक लाभ भएकाे बताउँदै देशकै नमूना थारु संग्रहालय समेत बनाउने काममा आफूहरु जुटेकाे बताए ।  त्यसै गरि भ्रमण टाेलीले बर्दियाकाे डल्लामा रहेकाे थारु हाेमस्टेले देखाएकाे लठ्ठी नाँच,झुम्डा  नाँचका साथै त्यस हाेमस्टेले समुदायमा पारेकाे प्रभावका बारेमा अवलाेकन र अध्यययन ग...

वीरगाथामा टीमबिल्डिङ्ग

Image
 सहकारी सञ्चालन तथा व्यवस्थापनमा टीम बिल्डिङ्ग तालिम बुटवलमा शुक्रबार सम्पन्न भयाे । वीरगाथा बचत तथा ऋण  सहकारी संस्था लि. बुटवलका सञ्चालक समिति,लेखा समिति,शिक्षा उपसमिति,कर्जा तथा धिताे मूल्यांकन उपसमिति,सल्लाहकारहरु र प्रमुख व्यवस्थापकका लागि प्रदान गरिएकाे  उक्त तालिमकाे सहजीकरण सामाजिक उद्यमी दलबहादुर गुरुङले गरेका थिए ।  तालिममा सहकारी सञ्चालन तथा व्यवस्थापनका पक्षहरु,सफल सहकारीका मापन विधि,आधाारहरु, स्वनियम,सहकारी सञ्चालन र व्यवस्थापनका लागि टीमबिल्डिङ्गकाे आवश्यकता र महत्त्वका विषयवस्तु समावेश  गरिएका थिए । तालिम समापनमा संस्थाका अध्यक्ष जनकबहादुर थापाले आफ्नाे सहकारी उत्तम र उदाहरणीय सहकारी बन्ने चरणमा रहेकाे हुँदा यस्ताे खालकाे तालिमले दिशानिर्देश गर्ने बतााए ।  साेही अवसरमा संस्थाका सचिव मनमाया थापा,माेहनसिंह बस्नेत,चन्दा सुनारीमगर,प्रमुख व्यवस्थापक चन्द्रबहादुर राना मगरले तालिम  फलदायी भएकाे र आगामी  दिनमा समेत यस्तै खालकाे पुनर्जगी तालिमकाे खाँचाे रहने बताए ।  कार्यक्रममा सहजीकरण गरेवापत सहजकर्ता दलबहादुर गुरुङलाई खादा ओढाई प्रमाण...

तिलोत्तमामा मेलमिलापकर्ता पुन: ताजगी तालीम सम्पन्न

Image
 कार्तिक ३० गते मंगलबारका दिन  तिलोत्तमा नगरपालिकामा  ३ दिने मेलमिलापकर्ता पुन: ताजगी तालिम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका न्यायीक समितिको आयोजनामा संचालन गरिएको उक्त  कार्यक्रम जिम्मेबारी र समस्या समाधानमा टेवा पुर्‍याइ सुशासन युक्त नगर बनाउन झनै मद्धत पुग्ने उदेश्यले सो तालिम  आयोजना गरिएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो।  सामाजिक विवाद तथा समस्या समाधानमा मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहने बताउँदै त्यसका लागि आवश्यक नीति तथा बजेटको ब्यवस्था गरिने कुरा पनि नगर उपप्रमुखले  बताउनुभयो ।  तालिममा न्यायीक कार्यसम्पादन अन्तर्गत ब्यक्तिगत घटना दर्ता , नागरिकता , जन्मदर्ता , विवाह दर्ता लगायत अन्य सिफारिस  न्याय सम्पादनका क्रममा आईपर्न सक्ने समस्या र त्यसको समाधान लगायत मेलमिलापकर्ताका सात चरण बारे बृहत्  छलफल गरिएको थियो।  नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी लगायत मेलमिलापकर्ताहरुको सार्थक सहभागीता रहेको मेलमिलापकर्ता  पुन ताजगी तालिममा  प्रमुख प्रशिक्षक  अधिवक्ता सुर्यराज अधिकारी र र सहायक प्रशिक्षक...

समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पूरा गर्न उद्यमशील हुनुपर्नेमा जोड

Image
  लुम्बिनी वाणिज्य क्याम्पस,बुटवलमा शुक्रवार पौरखी पात्र पुस्तक र महिला उद्यमशीलता सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशीले विद्यार्थीलाई जागिरमुखी शिक्षाभन्दा उद्यमी बनाउने अभियानमा आफ्नो क्याम्पस गतिशील रुपमा अघि बढेको बताउँदै पौरखी पात्र नामक पुस्तकले महिला उद्यमशीलता प्रवद्र्धनमा टेवा पुराउन सक्नेमा जोड दिइन् ।  उनले महिला पहिला भन्ने नारालाई आत्मसात् गर्दै अघि बढेर नेपाली महिलाहरु घरधन्दामा मात्र सीमित नभई अर्थोपार्जनका निम्ति उद्यमशील हुन सकेमा समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पूरा हुन सक्ने बताइन् । साना साना उद्यमबाट सुरु गरेर नै महिलाहरु सफल उद्यमी बन्न सक्ने भएको हुँदा ठूला कुराभन्दा पनि उद्यमी बनेर समाजमा आर्थिक परिर्वतनको वाहक महिला बन्नु पर्ने सुनाइन् ।  पौरखी पात्र पुस्तकका लेखकहरु दलबहादुर गुरुङ र माधवकुमार पौडेलले पौरखी पात्र पुस्तक स्मल इज ब्यूटीफूलको नमूना रहेको बताए । नेपालमा महिला उद्यमशीलता र यसको वर्तमान अवस्थाका बारेमा उनीहरुले प्रिजेन्टेसन गर्दै गाउँका महिला उद्यमीहर...

होटेल टुलिपमा साधारण सभा सम्पन्न

Image
  २५कार्तिक  २०७८, बिहिवार  रूपन्देहीको मणिग्राममा सञ्चालित लुम्बिनी विशिष्टिकृत  सहकारी संघ  लिमिटेड, तिलोत्तमा–०५  को दोस्रो वार्षिक साधारण सभा तिलोत्तमा स्थित होटेल टुलिपमा सम्पन्न भएको छ । संघका  अध्यक्ष डा खगराज शर्माको अध्यक्षता तथा आर्थिक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मा. कृष्ण ध्वज खड्काज्युको प्रमुख  आतिथ्यमा आयोजित कार्यक्रम कोविड सतर्कता सहित सञ्चालन गरिएको थियो ।साधारण सभाले अध्यक्ष शर्माको प्रतिवेदन, कोषाध्यक्ष खेम गौतमको प्रतिवेदन तथा लेखा समितिका संयोजक जयकिशन अधिकारीले प्रस्तुत गर्नुभएका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।  कार्यक्रममा अतिथि-  सहकारी संघका अध्यक्षहरु मध्यबाट जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष  श्री भुपती प्रसाद पाण्डे,नेफस्कुनका महासचिव श्री विजया धिताल ,राष्ट्रिय सहकारी महासंघ संचालक सदस्य श्री भिम प्रसाद तुलाचन ,कृषि खाद्यप्रविधि तथा भुमी व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका  सचीव शान्ता कार्की ,विशिष्ट अतिथि  लुम्बिनी प्रदेश सभा सदस्य मा. रमा अर्यालले शुभकामना मन्तव...