पाैरखी पात्र विमाेचन हुने
महिला उद्यमशीलता प्रवर्द्धन- नेपालकाे नियमित घुम्ती बैठक विभिन्न विषयमा निर्णय गर्दै साेमवार रुपन्देहीको मर्चवारीमाई गाउँपालिकामा सम्पन्न भयाे । बैठकले भदाै १८ गते तिलाेत्तमामा भएकाे उद्यमशीलता प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया र तीजमिलन कार्यक्रमकाे समीक्षा गरेकाे छ । कार्यक्रम अत्यन्तै प्रभावकारी भएकाे संस्थाकी उपाध्यक्ष जगेश्वरदेवी चाैधरी,महासचिव अमृता गुरुङ,काेषाध्यक्ष विद्यालक्ष्मी गुरुङ,सदस्य माया पाैडेल,सदस्य सुनिता कलवारर सदस्य बिना रानाले बताए । बैठकले आगामी असाेज २२ गते संस्थाले प्रकाशन गर्ने पाैरखी पात्र नामक पुस्तककाे विमाेचन देवदह नपामा गर्ने निर्णय गरेकाे संस्थाकी काेषाध्यक्ष विद्यालक्ष्मी गुरुङले जानकारी गराईन् । संस्थाले बुटवल उपमहानगरपालिका,सैनामैना र देवदह नपामा रहेका महिला लघुउद्यमीहरुकाे तथ्याङ्क लिने र आवश्यक सूचनाका आधारमा प्राविधिक,व्यवसायिक र आर्थिक सहयाेग गर्ने निर्णय समेत गरेकाे छ । संस्थाले आगामी घुम्ती बैठक ओमसतिया गाउँपालिकामा मंसीर ११ गते गर्ने र साेकाे सम्पूर्ण जिम्मा सदस्य सुन्दरमति कुमारी हरिजनलाई दिने निर्णय समेत गरेकाे छ । ...