तीन रोज्जा मुक्तक :-खुकरीलाई के थाहा अचानाकाे ब्याथा घुम्ने मदानिकाे नेति हाे रछ जिन्दगी
सीता ढुङ्गाना - रुपन्देही मुक्तक-१ आमालाई रुवाएर हासेकाे देखियाे कसैसंग माया प्रिति गासेकाे देखियाे करिम नै बिग्रिएर हाेकी खै भाग्य सम्झना सबै मासेकाे देखियाे मुक्तक-२ स्वार्थले हाेकी बाध्यतामा पर्याे सानू साथ निभाउछु भन्थ्याै पर सर्याे सानू बुझ्नै सकिन त्याे अात्माकाे कुरा आज किन बिर्सिएर तल झर्याे सानू मुक्तक-३ चाेटै,चाेटकाे खेति हाे रछ जिन्दगी जति भाेग्याे तेति हाे रछ जिन्दगी खुकरीलाई के थाहा अचानाकाे ब्याथा घुम्ने मदानिकाे नेति हाे रछ जिन्दगी